बैंकहरु किन ग्राहकको जीवनशैलीको अभिन्न अंग बन्नुपर्छ ?



काठमाडौं । जब समाज र ग्राहकको व्यवहार र आवश्कता परिर्वतन हुँदै जान्छ । तब बैंक तथा वित्तीय संस्थासँगै सेवा प्रदायक क्षेत्र पनि सोही अनुसार परिर्वतन हुनु जरुरी देखिएको छ ।

यदी ग्राहकको जीवनमा परिर्वतन हुने व्यवहार र आवश्यकतासँगै आफू पनि परिवर्तन नहुने हो भने यो पूर्णरुपमा कमोडिटाइज्ड र मार्जिक कम्प्रेसन हुन्छ । र, अन्तिममा सम्बन्ध विच्छेद हुन्छ ।

र, यो सबै प्रकारका उद्योग, बजार र बैंक तथा वित्तीय संस्थामा उत्तिकै लागू हुन्छ । यसको जल्दोबल्दो उदारणलाई हेरौं । जब अमेरिकाको बजारमा कोरोना महामारी शुरु भयो ।

तब ‘टार्गेट’ले त्यसपछिको समयमा आम्दानी १०.९ प्रतिशतले बढाएको छ भने ट्राफिक ४.६ प्रतिशतले बढेको छ । जबकी ‘वालमार्ट’को हकमा भने १४ प्रतिशते ट्राफिक कम भएको छ ।

यी दुबै कम्पनी अमेरिकी रिटेल बजारमा सबैभन्दा अगाडि छन् ।

तर यी आँकडालाई राखेर यी दुई कम्पनीबीचको भिन्नतालाई हेर्ने हेर्दा तार्गेटले तुरुन्तै आममानिसको आवश्यकतालाई पहिचान गरी आफूलाई पनि परिवर्तन गर्न सक्यो । कम्पनीले अर्डरलाई दोब्बर बनायो । र, ग्राहकको चाहना र आवश्यकता अनुसार सेवा दिन थाल्यो ।

प्रडक्ट बिक्रेताका हिसाबले हेर्दा यी दुबै कम्पनी एड्भान्स मानिन्छन् । तर कोरोनाको कहरमा तार्गेटले आफूलाई सबैभन्दा फरक देखाउँदै एड्भान्स डिजिटल टेक्नोलोजी अपनाएर आफूले ग्राहकको भावना, आवश्यकता धेरै बुझेको सन्देश दिएको छ ।

यसरी हेर्दा इतिहासको सबैभन्दा कठीन अवस्थामा पनि तार्गेट कम्पनीले आफूलाई रिटेल व्यवसायमा कति अब्बल छु भन्ने कुरा प्रमाणित गरेको छ । साथै वालमार्टको बजार हिस्सा पनि आफूले ओगट्दै गएको छ ।

यस्तै अवस्था बैंक तथा वित्तीय संस्थाहरुमा पनि छ । इतिहासको कठीन अवस्थामा ग्राहकको आवश्यकता अनुसार सेवा निरन्तरता नै महत्वपूर्ण विषय हो । यसका लागि विभिन्न प्रकारका योजना ल्याएर मोबाइल वालेटको प्रयोग बढाउन सक्नुपर्ने देखिन्छ ।

तर राम्रो र सही वित्तीय निर्णय लिएर ग्राहक समक्ष समयमा पुर्याउन सक्ने क्षमता हुनु महत्वपूर्ण छ ।

डिजिटल कारोबारलाई बढावा दिनका लागि त्यत्ति सजिलो पनि छैन । त्यसैले यस्ता सेवालाई ग्राहक केन्द्रित गरी त्यसमा आबद्ध गराउन सक्नुपर्छ ।

बैंकहरु ग्राहकको जीवनमा रहन चाहन्छन् भने उनीहरुले एकीकृत रुपमा सेवा विस्तार गर्न सक्नुपर्छ ।

यदी बैंकको कोर डिजिटल प्लेटफर्महरु एकीकृत भएनन् भने यसबाट प्रवाह हुने सेवा आवश्यकता अनुसारको नहुनसक्छ वा यस्तो अवस्थामा ग्राहकको आवश्यकतालाई परिपूर्ती पूर्णरुपमा नगर्न पनि सक्छ ।

त्यसैले समयसँगै बैंकहरु मात्रै होइन, कुनै पनि कम्पनीहरुले आफ्ना ग्राहकको चाहना र आवश्यकताअनुसार सेवामा रुपान्तरण गर्नुपर्छ ।


पुष्प दुलाल