स्मार्ट सिटी बनाउन ताते चिरिबाबु, ललितपूर महानगरभित्र बन्यो साइकल लेन



काठमाडौं । चुनावकाबेला उम्मेद्धारहरुबीच आफ्नो निर्वाचन क्षेत्रलाई स्मार्ट सिटी बनाउने भाषणको होडबाजी हामीले देखेकै हौं । सुनेकै हौं । र, भोगिरहेका पनि छौं ।

भाषण र काम गराईबीचको टाढा जानू पर्दैन काठमाडौं महानगरपालिका र त्यसका मेयर विद्यासुन्दर शाक्यलाई हेरे पुग्छ । १०० दिनमा १०१ काम गर्छु भनेर चुवान जितेका शाक्य कुन क्वारेन्टाइनमा छन् अत्तोपत्तो छैन ।

राजधानीको मेयरको काम देखेर आजित भएका सर्वसाधारणले आम स्थानीय तह र त्यसका प्रमुखलाई पनि यसरी नै विश्लेषण गर्न थालेका छन् ।

तर उपत्यकाकै अर्को महानगर ललितपुर महानगरपालिकाले भने स्मार्ट सिटी बनाउने काम तीब्र गतिमा अघि बढाएर उपत्यकाबासीको मन जितेको छ ।

‘सहर स्मार्ट बन्नलाई साइकल लेन पनि चाहिन्छ,’ महानगरका मेयर चिरिबाबु महर्जनले क्लिकमाण्डूसँग भने, ‘ललितपूर महानगरलाई स्मार्ट सिटी बनाउने क्रममा साइलक लेन निर्माण गरिएको हो ।’

महानगरले पाइलट प्रोजेक्टको रुपमा पहिलो चरणमा १० किलोमिटर साइकल लेन निर्माण गरेको हो।

थापाथलीस्थित बाग्मती नदीको पुलदेखि पुल्चोक-जाउलाखेल-लगनखेल-मंगलबजारबाट घुमेर फेरि पुल्चोकसम्म सडकको दुबैतर्फ साइकल लेन निर्माणको काम काम अन्तिम चरणमा पुगेको महर्जनले जानकारी दिए । महानगरले दुवैतर्फ हरियो रङ लगाएर साइकल लेन छुट्याएको बताएको छ।

‘उपत्यकाभित्रका मुख्य सडक साँघुरो भएकाले डेडिकेटेड साइकल लेन निर्माण गर्न सजिलो छैन, त्यसैले ‘सेयरिङ लेन’को रुपमा विकास गरेका हौं,’ उनले भने, ‘१० किलोमिटर साइकल लेन बनाउन ३० लाख रुपैयाँ खर्च भयो ।’

महानगरले दशैंलगत्तै थप २२ किलोमिटर साइकल लेन निर्माणको काम शरु गर्ने महर्जनले जानकारी दिए ।

महानगरले ६ चरणमा करिब ६५ किमि साइकल लेन बनाउने योजना बनाएको छ।

आफे महानगरलाई वातावरणमैत्री, साइकलमैत्री, हरियाली बनाउने काम भइरहेको महर्जनले जानकारी दिए ।

‘हामी धमाधम स्मार्ट सिटीका लागि आवश्यक कामहरु गरिरहेका छौं,’ उनले भने ।

‘महानगरले साइकलसम्बन्धी छुट्टै कानुन बनाउन लागेको छ । कानून लागू भएपछि साइककल लेनम साइकललाई पहिलो प्राथमिकता हुनेछ । साइकल नभएको अवस्थामा भने उक्त लेन अन्य सवारीसाधनले पनि प्रयोग गर्न पाउने छन् ।


पुष्प दुलाल