देशकै सबैभन्दा ठूलो सवस्टेशनको निर्माण सम्पन्न, कुलमानले भने- मेरो सपना पूरा भयो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रणनीतिक महत्वको सपना पूरा भएको छ ।   प्राधिकरणबाट विदाई भएको ३८ दिनपछि कुलमानले आफ्नो एउटा सपना पूरा भएको बताएका छन् ।

बिहिरबारदेखि देशकै सबैभन्दा ठूलो सवस्टेशन नो लोडमा चार्ज भएको छ । कुलमानका अनुसार ढल्केबार सवस्टेशन ४०० के भि नो लोडमा चार्ज भएको छ । यो नेपालको विधुत क्षेत्रको लागि एउटा महत्वपुर्ण कोषेढुङ्गा भएको उनले बताए ।

नेपालको पहिलो ठुलो र ग्यास ईन्सुलेटेड सवस्टेशन हो यो । नेपाल सरकारको वजेट, प्राधिकरणको ईन्जिनियरको डिजाइन र प्राधिकरणको ईन्जिनियरिङ कम्पनिको सुपरभिजनमा यो आयोजना सम्पन्न भएको छ । यो सवस्टेशनको क्षमता ९४५ एम भि ए रहेको छ ।

आव २०७४/ ७५ देखि टेण्डर प्रकृया शुरु गरि करिव साढे २ वर्षको निर्माण अवधिपछि सम्पन्न भएको छ ।

गत असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखि कोरोनाको कारण भएको लकडाउनमा समेत निरन्तर काम भई रहेको थियो । तर हाई भोल्टेज टेष्टिङ मसिन केरुङ नाकाबाट करिव ३ महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन ।

नेपाल भारतविचको ढल्केवार मुजफरपुर लाईन ४०० केभिको लागि तयार भएको भए पनि सवस्टेसनको कारणले शुरुमा १३२ के भि मा मात्र चार्ज भयो त्यसपछि आव २०७५/७६ मा २२० के भिमा चार्ज भयो र हाल आएर ४०० के भि मा चार्ज हुने भएको छ ।

करिव १२०० मेगावाट विधुत शक्ति प्रसारण क्षमता भएको यस लाईनबाट हाललाई करिव ८५० मेगावाट सम्म निर्यात वा आयात गर्न सिकन्छ ।माथिल्ले तामकाशीको विधुत पूरा निर्यात गर्न सकिने छ । नेपालभित्रको पुर्व पश्चिम लाईन ४०० केभिमा चार्ज भए पश्चात् यस लाईनबाट करिब १२०० मेगावाट प्रवाह गर्न सकिनेछ ।

यस कार्यमा अहोरात्र खटिएका आयोजनाका कर्मचारि एवम् ठेकेदार कम्पनि र यस्का सवकन्ट्याकटर र परामर्शदाता कम्पनि सवबैलाई कुलमानले धन्यवाद दिएका छन् ।

तुलनात्मक रुपले यो आयोजना छिटो सम्पन्न भएको उनको भनाइ छ । डिजाईनदेखि निरन्तर खटेका आयोजना प्रमुख शुक्र देवकोटालाई कुलमानले धन्यवाद दिएका छन् ।

उनले भनेका छन् ‘ मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरे प्रयास गर्दा पनि हाईभोल्टेज टेस्टिङ कीट नआएकोले सफल भएन ।’ कुलमानले प्राधिकरणका उपकार्यकारी निर्देशक व्रजभुषण चोधरीलाई समेत बधाई दिएका छन् ।

यस्तै कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, प्राधिकरण सञ्चालक समिति र निमित्त कार्यकारी निर्देशक र प्राधिकरणका कर्मचारीलाई समेत बधाई दिएका छन् ।


पुष्प दुलाल