भिडियोकोन टाट पल्टनबाट बच्न ३० हजार करोड तिर्ने समूहको प्रतिबद्धता



टाट उल्टनबाट बच्नको लागि भिडियोकोनले ऋणदाताहरुको ३० हजार करोड भारतीय रुपैयाँ चुक्ता गर्ने भएको छ ।

भिडियोकोन ग्रुपका १३ वटा कम्पनी टाट पल्टन लागेका छन् ।

भिडियोकोन इंडस्ट्रीजको निलम्बित बोर्डका अध्यक्ष तथा प्रबन्ध निर्देशक वेणुगोपाल धूतले ऋणदाताको पैसा चुक्ता गर्ने प्रस्ताव ऋणदाताहरुको समिति (सीओसी) समक्ष पठाएका छन् ।

कम्पनीको बोर्डलाई कम्पनी टाट पल्टने भएपछि आईबीसी अन्तर्गत कर्पोरेट इन्सोलवन्सी रिजोलुसन प्रक्रियामा बोर्डलाई निलम्बन गरिएको थियो ।

समूहका पूर्व प्रवर्तक धूत परिवार यो बर्षको अन्त्यसम्म समाधान हुने कुरामा आशावादी रहेका छन् ।

यसका लागि ऋणदाता र राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणको सहमति आवश्यक पर्ने छ । भिडियोकोन समूहसँग कम्तिमा १५ कम्पनी छन् । जसमा १३ कम्पनी टाट पल्टन लागेका छन् ।
आईबीसीको धारा ए अन्तर्गत ट्रिब्युनलले केहि शर्तको साथ कम्पनीको विरुद्धको कारवाही फिर्ता लिन अनुमति दिन्छ ।

धूतले भने कि सेक्शन १२ ए अन्तर्गत पछिल्लो प्रस्ताव अक्टोबर २०१७ मा गरेका थिए । यो प्रस्ताव संयुक्त लेन्डिंग फोरमले अनुमोदित गरी भारतीय रिजर्व बैंकलाई पठाएको थियो।

भिडियोकोनलाई दिएको कर्जाको कारण भारतको आइसीएफसी बैंकका प्रमुख कार्यकारी अधिकृत चन्दा कोचर समेत विवादमा आएकी थिइन् । जसको कारण उनले जागिर समेत गुमाउनु पर्यो ।


क्लिकमान्डु