प्रभु हेलिकप्टरले १९ हजारमै गोसाईकुण्ड दर्शन गराउंदै



काठमाडौं । प्रभु हेलिकप्टरले दशै तथा तिहारको अवसर पारेर गोसाइकुण्ड यात्रा गराउने भएको छ ।

कम्पनीले प्रति व्यक्ति १९ हजार रुपैयाँमा गोसाइकुण्ड यात्रा गराउन लागेको हो । यात्रा प्याकेजमा काठमाडौबाट दुइतर्फी यात्रा र गोसाइँकुण्डमा आधा घण्टा दृश्यावलोकन समय रहने बताइएको छ।

शहरी क्षेत्रका शक्तिपिठहरु कोभिड १९ का कारण बन्द भएको अवस्थामा भिडभाड नहुने र प्राकृतिक सुन्दरता सहितका गोसाइँकुण्ड जस्ता धार्मिक ठाउँ दर्शनकोलागी उपयुक्त हुने भएकाले प्याकेज बनाइएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए।

हेलिकप्टरमा पाइलट बाहेक ५ जनाको सिट क्षमता हुने भएकाले ५ जनाको समुहमा जाँदा सहज हुने राजलवटले सुझाए।

कम्पनीले भर्खरै भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईबाट यात्रा गराउने जनाएको छ । स्थापनाको पाँच वर्षमा नयाँ  एयरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।

कल साइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलिकप्टर नेपाली भूभागको लगि योग्य हेलिकप्टर रहेको राजलवटले बताए ।


क्लिकमान्डु