बिओके स्मार्ट डिजिटल दक्षिणा योजना, ३ सय सम्म नगद उपहार



काठमाडौ । बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ ।  बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिनको लागि  डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गरेको छ । जसमा रुपैयाँ नगद उपहारको योजना ल्याएको छ ।

साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहक महानुभावहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सोभनदा बढी भएमा सय नगद उपहारको लागि योग्य हुनेछन् ।

यसको लागि बैंकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्ने ।

ग्राहक महानुभावहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्छ ।

ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्छ ।


क्लिकमान्डु