नेपाल प्रहरीले दिनेभयो ५ हजार बढीलाई रोजगारी



काठमाडौं । के तपाई नेपाल प्रहरीमा जागिर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ ।

नेपाल प्रहरीले शुक्रबार एकै पटक ५ हजार २२७ जना प्रहरी जवानका लागि आवेदन खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागले देशका विभिन्न् ११ स्थानमा आवेदन दिन मिल्ने गरी रोजगारीको अवसर खुलाएको हो ।
सूचना अनुसार प्रहरी जवानमा खुलातर्फ २ हजार ८१७ जनाका लागि आवेदन माग गरेको छ ।

यस्तै, अमर, अशक्त प्रहरी परिवारका लागि १०५, महिला ४६१, आदिवासी जनजाती ७३७, मधेशी  ६४६, दलित ३४५, पिछडिएको क्षेत्रका ११६ जनाले आवेदन दिन पाउनेछन् ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रलगायत विभिन्न ११ स्थानमा आवेदन दिन पाइनेछ ।

आगामी कात्तिक १६ गतेदेखि आगामी मंसिर २३ गतेसम्म आवेदन दिन पाइने सूचनामा उल्लेख छ ।


पुष्प दुलाल