सम्पर्कमा नरहेपछि सरकारले हटायो ५ कृषि वैज्ञानिक
काठमाडौं । सरकारले लामो समयदेखि सम्पर्कमा नरहेका कृषि क्षेत्रका ५ वैज्ञानिकलाई सेवाबाट हटाएको छ ।
सरकारले ठूलो साधन र स्रोत लगानी गरेका वैज्ञानिकले तोकेको काम नगरेको तथा लामो समयसम्म कार्यालयमा सम्पर्कमा नरहेको भन्दै उनीहरुलाई सेवाबाट वर्खास्त गरेको हो ।
पटक पटक कार्यालयमा सम्पर्क गर्न गरिएको अनुरोधलाई लत्याएर लामो समयसम्म कार्यालयको सम्पर्कमा नरहेका वैज्ञानिक एस १ गौतम श्रेष्ठ, प्रतिमा पाण्डेय, भेषबहादुर भण्डारी र प्रशंसा श्रेष्ठलाई सेवाबाट हटाएको हो ।
यस्तै प्राविधिक अधिकृत भागरथी शाहीलाई समेत सेवाबाट हटाएको छ । उनीहरु २०७६ फागुन ३० गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।
उनीहरु सबै नेपाल कृषि अनुसन्धान परिषद मातहतका विभिन्न कार्यालयमा कार्यरत थिए ।