वालेटमार्फत बुझाउने राजस्वको शुल्क निर्धारण, १ हजारसम्म निशुल्क



काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत बुझाउने राजस्वको शुल्क तोकेको छ ।

कोभिडको कारण डिजिटल प्रणालीलाई अपनाएर राजस्व तिर्न अहिले सरकार र केन्द्रिय बैंकले भनेका छन् ।

राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचना अनुसार राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्द भएका भुक्तानी सेवा प्रदायक कम्पनीले एक हजारसम्मको राजस्व भुक्तानीमा शुल्क लिन पाउने छैनन् ।

यस्तै १ हजार १ रुपैयाँदेखि ३ हजारसम्म ५ रुपैयाँ,३ हजार १ देखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि ३० रुपैयाँ लिन पाइने व्यवस्था गरेको छ ।


क्लिकमान्डु