उपत्यकामा कोरोना नियन्त्रण गर्न नसक्ने स्थितीमा पुगेको सरकारद्धारा स्वीकार, दशैंमा घर नजान अनुरोध



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको बताए ।

संक्रमणको दर अझ नियन्त्रण बाहिर गए ठूलो जोखिम निम्तिने उनले बताए ।

‘अन्य जिल्लामा नियन्त्रण उन्मुख हुँदै गएपनि काठमाडौं उपत्यका उच्च जोखिममा छ । आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामै रहेको छ । नियन्त्रण उन्मुख रहेको छैन सतर्कता अपनाउनुपर्ने जरुरी रहेको छ ।

‘४० लाख बसोबास गर्ने उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने त्यसले ठूलो जोखिममा पुर्याउनन सक्छ । आफुले सेवा दिँदा वा लिँदा व्यवसाय गर्दा, यातायातमा हिडडुल गर्दा, अरु खालका गतिविधि गर्दा जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउनुका लागि आग्रह गर्दछु,’ज्ञवालीले बुधबार पत्रकार सम्मेलनमा भने ।

एनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशै तिहार जस्ता पर्व मनाउन पनि आग्रह गरे । आफु स्वस्थ रहे फेरीपनि चाडबाड मनाउन सकिने भएको उल्लेख गर्दै उहाँले काठमाडौंबाट गाउँ जाँने र गाउँबाट काठमाडौं आउने गर्दा कोरोनको जोखिम पनि बढ्दै जाने बताए ।

‘६० मुनिकाको संक्रमण दर र मृत्यु दरपनि तुलनात्मक रुपमा कम रहेको छ । ६० वर्षमाथिको बढी रहेको छ । ओहोरदोहोर गर्दा आउन जोखिमलाई कम गर्न ध्यानमा राखौँ । आर्शिवाद बचाउँ ,’ज्ञवालीले भने ।


क्लिकमान्डु