प्रदेश ५ मा प्रदेशसभाभित्रै कांग्रेस सांसदहरुको तोडफोड
काठमाडौं । प्रदेश ५ मा कांग्रेस सांसदहरुले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका छन् । प्रदेश सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव गरेसँगै सो प्रस्तावको विरोध कांग्रेसले गरेको हो ।
सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची थियो । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
प्रस्ताव पेश गरे लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका हुन् ।