यती एअरलाइन्सले असोज २१ गतेदेखि सिमरा उडान पुनः सञ्चालन गर्दै



काठमाडौं। यती एअरलाइन्सले आफ्नो २२औं वार्षिकोत्सवको उत्सवमा घोषणा गरे बमोजिम १२ वर्षपछि सिमरा उडान भर्ने भएको

सन् २००८ मा काठमाडौँसिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ (अक्टोबर ) देखि बाराको सिमराविमानस्थलमा उडान भर्न लागेको हो

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएरसिमरा उडान गर्न लागेको जानकारी दिए

सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडान मार्फत सेवा विस्तार गर्नेछौँ,’ उनले भने, ‘विविध कारणले स्थगित भएको उडान १२ वर्षपछि पुन सञ्चालन गर्न लागेका छौं उक्त गन्तब्यमा अब हाम्रो नियमीत उडान हुनेछन यात्रुको माग बमोजिम उडान संख्या थपिने

यतीले सिमरामा जेटईस्ट्रीम४१  विमान मार्फत प्रत्येक दिन विहान .०० बजे साँझ .४५ बजे काठमाडौंदेखि उडान भर्दैछ

एअरलाईन्सका बिक्री तथा बजार निर्देशक सरल शम्सेर ..रा.का अनुसार उक्त सेक्टरमा यात्रुहरुको माग वमोजिम पुनः सेवा प्रारम्भगर्न लागेका छौं हालको लागी प्रमोशनल भाडा काठमाडौँसिमराकाठमाडौं एकतर्फी २८०० तोकिएको

यी गन्तब्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स, नजिकको ट्राभल एजेन्सीहरु तथा अनलाईन मार्फत लिनसकिने उनले बताए

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम३०सीटका पाँच भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा छन्

यती एअरलाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ पोखराबाट पर्वतीय उडान तथा तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुराजस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए

व्यवसाय भन्दा सेवालाई प्राथमिकता दिएको भगीनी संस्था तारा एअरले नेपालगञ्ज पोखरामा समेत स्थायी रुपमा विमान राखीनियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको


क्लिकमान्डु