१ अर्ब ३२ करोड लगानीमा उपत्यकाका २ ठाउँमा केवलकार निर्माण हुँदै



फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार निर्माणका लागि तयारी गरिएको छ । केवलकार निर्माणका लागि दुई कम्पनीले उद्योग विभागमा आवेदन दिएका हुन् ।

जसअनुसार एउटा केवलकार ललितपुरको फुलचोकीमा निर्माण हुनेछ भने अर्को केवलकार नागार्जनमा निर्माण हुनेछ । शतप्रशित स्वदेशी लगानी रहेका दुबै कम्पनीले उद्योग विभागमा लगानी गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । अब यी कम्पनीहरुले सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण शुरु गर्नेछन् ।

फुलचोकी केवल कार प्रालिले निर्माण गर्ने भनिएको केवलकार ललितपुरको गोदावरीमा निर्माण हुनेछ । जसका लागि ६६ करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।

कम्पनीले ११ लाख ३७ हजार ५ सय जना मानिसलाई सेवा दिने उल्लेख गरेको छ ।

त्यसैगरी नागार्जुनमा निर्माण हुने भनिएको केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीका रुपमा रहनेछ । कम्पनीमा ६६ करोड रुपैयाँ लगानी लाग्नेछ भने ६८ जनाले जागिर पाउने उल्लेख गरिएको छ । कम्पनीले ११ लाख २० हजार जना मानिसलाई सेवा दिने लक्ष्य लिएको छ । यो केवलकारको माथिल्लो स्टेसन नागार्जुन नगरपालिका वडा नम्बर १ पाँचलमा रहनेछ भने तल्लो स्टेशन जाम्चीमा रहने उल्लेख गरिएको छ ।


क्लिकमान्डु