कतार एयरवेजको घाटा १.९ अर्ब डलर, यी हुन कारण



कतार एयरवेज समूह कोरोना गत वर्षमा १.९ अर्ब डलर घाटा बेहोरेको छ ।

कम्पनीले यस घाटालाई चार अरब मुलुक साउदी अरब, युएइ, बहराइन र मिश्रद्वारा कतारमा लगाएको नाकाबन्दी, कोरोना भाइरस र एयर इटलीको लिक्विडेसनलाई कारक मानेको छ ।

कम्पनीले यसबीचमा कैयन चुनौतीको सामना गरेको बताएको छ । तर सन् २०१९–२० वर्ष कम्पनीका लागि सबैभन्दा कठीन वर्ष रहेको कम्पनीको भनाइ छ ।

कतारका विरुद्ध अवैध एयरस्पेस, नाकाबन्दी, बहुमत लगानीकर्ताद्वारा इटलीको लिक्विडेसन, अकाउन्टिङ पोलिसी एवम् कारोबार साल २०१९–२० मा ७ वटा अर्ब कतारी रियाल संकटमा परेको जस्ता कारण उक्त घाटा बेहोरेको उल्लेख गरिएको छ । एयर इटलीमा कतार एयरवेजको ४९ प्रतिशत हिस्सेदारी थियो ।

कम्पनीले जारी गरेको एक बयानमा विरोधी परिस्थिती नभएको भए समूहको पर्फेमेन्स राम्रो हुने दाबी गरिएको छ । उदाहरणका लागि ग्रुपको कुल आम्दानी तथा अन्य अपरेटिङ आम्दानी एक वर्ष पहिलेको तुलनामा ६.४ प्रतिशतले बढेर ५१.१ अर्ब कतारी रियाल पुगेको छ ।

प्यासेन्जरबाट हुने आम्दानी ८.९ प्रतिशत बढेको छ भने क्षमता ३.२ प्रतिशतले बढेको छ । यात्रीहरुको संख्या ९.८ प्रतिशतले बढेर ३.२४ करोड पुगेको छ ।

कम्पनीले हाल ६ वटा महादेशका ९० भन्दा बढी गन्तव्यमा हरेक साता ६५० भन्दा बढी उडान गरिरहेको छ । कोरोना भाइरसको महामारीका कारण कतार एयरवेजका गन्तव्यको संख्या कहिले पनि ३० भन्दा कम भएन । कम्पनीले यस अवधिमा पनि ५ वटा महादेशमा आफ्नो सेवा जारी नै राखेको थियो ।


क्लिकमान्डु