मेरो सेयरको पासवर्ड ६ महिनासम्म परिवर्तन गर्न नपर्ने, पासवर्ड बिर्से १०० पटक चान्स पाउने



काठमाडौं । सिडिएससीको मेरो सेयर प्रयोगकर्ताहरूको सहजताको लागि नयाँ नयाँ व्यवस्था गरिरहेको छ ।

यति बेला सिडिएससीले लगानीकर्ताको सहजताको लागि भन्दै दुई वटा नयाँ व्यवस्था गरेको छ । मेरो सेयर प्रयोगकर्ताले यसअघि १० पटक भन्दा बढी मेरो सेयरको पासवर्ड बिर्सियो भने त्यो पासवर्डले काम नगर्ने र नयाँ पासवर्ड दिनुपर्ने व्यवस्था थियो ।

अहिले त्यो व्यवस्थालाई परिवर्तन गरेर १०० पटकसम्म पासवर्ड थाहा पाउन सकिने व्यवस्था गरेको छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत सिइओ पूर्ण प्रसाद आचार्यका अनुसार यसअघि १० पटकसम्म प्रयास गर्दा पासवर्डले नमान्ने वार्निङ गर्ने र नयाँ लिनुपर्ने व्यवस्थालाई थपेर १०० पटक पुर्याएको बताए ।

१०० पटकसम्म प्रयास गर्दा पनि नमिलेको खण्डमा वार्निङ आएर क्यान्सिल हुने छ । आगामी दिनमा मेरो सेयर प्रयोगकर्ता अलि सचेत हुन आवश्यक रहेको उनको भनाई छ । लगानीकर्ताले आफ्नो महत्वपूर्ण डकुमेन्टको पासवर्डलाई सुरक्षित ?पमा राख्नु पर्ने बताए ।

यस्तै मेरो सेयरको पासवर्ड तीन-तीन महिनामा परिवर्तन गर्नुपर्ने व्यवस्था थियो । त्यसलाई पनि थपेर ६ महिना गरेको उनको भनाइ छ । मेरो सेयरमा यस्तो व्यवस्था आजै साँझबाट कार्यान्वयनमा आउने छ ।

 


क्लिकमान्डु