सेयर बजारमा भित्रियो २ करोड ११ लाख कित्ता सेयर



काठमाडौं । धितोपत्र बजारमा २ करोड ११ लाख ७७ हजार ४३७ कित्ता सेयर पुँजीबजारमा सूचिकृत भएको छ ।

नेप्सेका अनुसार विभिन्न २ वटा कम्पनीको साधारण, बोनस र हकप्रदसहित २ करोड ११ लाख ७७ हजार ४३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार तीन वटा कम्पनीको साधारण सेयर र बाँकी १÷१ कम्पनीको हकप्रद र बोनस सेयर नेप्सेको सूचिकृत भएको छ ।

नेप्सेमा लिबर्टी इनर्जी कम्पनीको १ करोड ५० लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ ।

यस्तै प्रभु बैंकको ‘ऋणपत्र २०८४’ २० लाख कित्ता, समाज लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।

यस्तै एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद र छ्याङदी हाईड्रोपावर कम्पनीको १ लाख ३५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।


क्लिकमान्डु