टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक बिक्री



काठमाडौं । जगदम्बा मोटर्सले टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जनाएको छ ।

ग्राहकका इच्छा र चाहाना अनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको जनाएको छ ।

जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । यो स्कुटर ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको छ ।

नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ ।

एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।’

यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको छ ।

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो ।

यससंगै दशैं तिहारलाई लक्षित गर्दै कम्पनीले “टिभीएस दशैंको आशा” योजना पनि ल्याएको छ । ग्राहकहरुले टिभीएस मोटरसाइकलकमो खरिदमा ९ हजार नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा ७ हजार नगद छुट पाउँनेछन् ।

साथै ग्राहकहरुले शुन्य प्रतिशतब्याजमा फाईनान्सको सुविधा पनि पाउँन सक्नेछन् । एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्नेछन् । यो योजना देशभरका टिभीएसको शोरुमहरुमा उपलब्ध हुनेछ ।


क्लिकमान्डु