आइएमएस ग्रुपले ल्यायो स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर



काठमाडौं । स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर ल्याएको छ ।

उक्त अफरले ग्राहकहरूले यस अफर अन्र्तगत कोरियन लक्जरी एसयूभी एक्सएलभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेको बापत २ लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीले कोरोना वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख छुट दिने जनाएको छ ।

स्याङयोङ्गले ग्राहकलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क, सात बर्ष सजिलो तीन बर्ष वारेन्टि, निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म), यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर असोज ७ गते देखि असोज २० गते सम्ममात्रै लागु हुनेछ ।


क्लिकमान्डु