टिभिएसले ल्यायो ‘टिभिएस दशैँको आशा’, नगद छुट र बम्पर उपहारमा ‘आरआर ३१०’



काठमाडाैं । नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता  योजना ‘टिभिएस दशैँकोआशा’ प्रारम्भ गरेको छ ।

यो त्यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु-अवसरहरु प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कुनै पनि एक मोटरसाइकल को खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्ने सुविधा छान्न सकिने छ।

साथै बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले  आरआर ३१० जित्ने अवसर पाउनेछन् । यस बम्पर उपहार योजनामा भाग लिनका लागि जो कोहीले पनि वेवसाइट  मा गएर फारम भर्नुपर्ने छ । जसमा किने पनि वा नकिने पनि आरआर ३१० जित्ने अवसर पाइने कम्पनीको भनाइ छ । यस बम्पर आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद भाग लिन र जित्न पनि सक्ने अवसर भएको कम्पनीले बताएको छ ।

दशैँ तिहार स्किम योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका प्रवन्ध निर्देशक श्री साहिल अग्रवालले भने, ‘जब हाम्रा उपभोक्ताको जीवनमा केही मुल्य थप्ने समय आउँछ हामी सधैं केही नयाँ नवीनतम विचारका साथ प्रस्तुत हुने गर्दछौं । हामी यो योजना लिएर यसकारण उपस्थित भएका छौं कि हामी सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी आशा थप्न सफल हुनेछौं । हामीलाई पूर्ण विश्वास छ कि यसप्रकारका योजनाहरुबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुने नै छ, जुन हामीले नियमित रुपमा प्रस्तुत गर्दै आएका छौं।’

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

११० देखि ३१० सिसिसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आर टि आर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको , बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीको दाबी छ ।

जग्दम्बा मोटोर्स् नेपाल को चर्चित ब्यापारिक घराना शंकर ग्रुप अन्तर्गत को कम्पनी हो जस्ले  माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ ।

ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको शंकर ग्रुपले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ । अहिले उनले नेतृत्व गरिरहेको सबै कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पछिल्ला वर्षहरुमा यो समूह ठूला करदाताको सूचीमा टप ५ भित्र पर्दै आएको छ ।


क्लिकमान्डु