अधिक तरलताको साइड इफेक्टः बैंकका कर्मचारीलाई टार्गेट, कमशल कर्जा प्रवाह हुने खतरा !



काठमाडौं । कोरोना कहरका कारण विगत ६ महिनादेखि देश ठप्प जस्तै छ ।  सरकारले कोरोना नियन्त्रण गर्न भन्दै लगाएको लकडाउन, निषेधाज्ञा र जोरबिजोर प्रणालीले आम मानिसहरु घरभित्रै बस्न बाध्य हुँदा आर्थिक गतिविधिहरु पनि ठप्प छन् ।

आर्थिक गतिविध ठप्प छन् भन्ने एउटा बलियो प्रमाण हो- बैंकिङ प्रणालीमा भएको अधिक तरलता । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अहिले बैंकिङ प्रणालीमा लगानी गर्न योग्य पुँजी अर्थात् अधिक तरलता २ खर्ब रुपैयाँ छ ।

बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

बैंकहरुले निक्षेपकर्तालाई ब्याज घटी/बढी दिन्छु भन्न पाउँछन् तर निक्षेप राख्न बैंकम पुगेको कुनैपनि सर्वसाधारणको निक्षेप लिन्न भन्न पाउँदैनन् । जसकारण बैंकिङ प्रणाली विद्यमा अधिक तरलता व्यवस्थापन बैंकरहरुका लागि टाउको दुखाइको विषय बन्न पुगेको छ ।

बैंकमा निक्षेप राख्ने निक्षेपकर्तालाई बैंकले ब्याज तिर्नुपर्छ । निक्षेपको अनुपतामा कर्जा बढाउन नसक्दा बैंकहरुको खर्च बढी र आम्दानी कम हुन्छ ।

लगानीकर्ताहरुले बैंकको व्यवस्थापनलाई धेरैभन्दा धेरै नाफा कमाउन टार्गेट दिइरहेका हुन्छन् । र, उक्त टार्गेट पूरा गर्न निरन्तर दबाव पनि ।

स्रोत परिचालनका आधारमा बढीभन्दा बढी नाफा कमाएर आफ्नो प्रफर्मेन्स देखाउन बैंकरहरु पनि तीब्र दबावमा हुन्छन् । त्यसैले बैंकरहरुले आफ्ना कर्मचारीलाई कर्जा बढाउन निरन्तर दबाव दिइरहेका दिन्छन् ।

कोरोना कहरका कारण अहिले आर्थिक गतिविधिहरु ठप्प छन् । कर्जाको माग बढ्न सकेको छैन । तर बैंकको उच्च व्यवस्थापनले आफ्ना कर्मचारीलाई कर्जा बढाउन लगातार दबाव दिइरहेका छन् । जसकारण लकडाउन र निषेधाज्ञाकै बीच पनि कुनै कुनै बैंकले उल्लेख्य मात्रामा कर्जा प्रवाह गरिरहेका छन् ।

‘बैंकहरुले नाफाको दबावमा हुन्छन्, जसकारण कतिपय बैंकहरुले ऋणका फाइलको आवश्यक अध्ययन नगरी कर्जा प्रवाह गर्ने संभावना हुँदा बैंकिङ क्षेत्रमा जोखिम पनि थपिएको छ, सस्तो ब्याजदरमै सहजै कर्जा पाउँदा कतिपय व्यवसायीहरुले हैसियतभन्दा बढी ऋण लिन्छन् । र, पछि तिर्न नसक्दा व्यवसायी र बैंक दुबै अफ्ठ्यारोमा पर्छन् ।’

त्यतिमात्रै कहाँ हो र ? कतिपय बैंकले लागतमै छिटोभन्दा छिटो कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन् । एक बैंकले अर्को बैंकको कर्जा खोसेर आफ्नो पोर्टफोलियो राम्रो देखाउने अस्वस्थ प्रतिस्पर्धाको विषयमा त बैंकर संघमा गरम बहस पनि भयो ।

बैंकर जस्ता वौद्धिक वर्गलाई पनि राष्ट्र बैंकका अधिकारीहरुले यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्न सम्झाउनु पर्यो । यद्यपि ‘आफ्नो बानी को छोडे, अर्काको बानी को लिए, भनेर आँगनमा डाडूपुन्यू लिएर नाँच्ने बुहारी’ जस्तै छन् बैंकरहरु पनि ।

जानकारहरु एक बैंकले अर्को बैंकको कर्जा खोस्दा कमशल धितोमा बढी कर्जा जाने डर भएको बताउँछन् ।

राष्ट्र बैंकको बैंक सुपरिभिज विभागको कार्यकारी निर्देशकबाट अवकास पाएका महेश्वरलाल श्रेष्ठको पनि यस्तै अनुभव छन् ।

‘अधिक तरलता भएपछि एक बैंकले अर्को बैंकको ऋण खोस्ने, कर्जा प्रवाहमा बढी केन्द्रित हुँदा फाइलको गर्नुपर्ने जति अध्ययन नहुने हुँदा कमशल कर्जा प्रवाह हुने जोखिम हुन्छ,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यस्तो अवस्थामा बैंकहरु आक्रमक हुनुभन्दा संयमित भएर अघि बढ्नु नै उत्तम हुन्छ ।’

‘कर्जा खोसाखोसका विषयमा धेरै गुनासाहरु आएपछि हामीले धेरैपटक बैंकर्स संघभित्र पनि छलफल गर्यौं । र, केही साथीहरुले राष्ट्र बैंकसम्म पनि गुनासो पुर्याउनु भयो,’ अध्यक्ष दाहालले भने, ‘यस्तो काम नगरौं भन्ने कुरा भएको छ । सायद अब साथीहरुले गर्नुहुन्न होला ।’

राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट अवकास पाएर अहिले नेपाल बैंकमा अध्यक्षको रुपमा कार्यरत बासुदेव अधिकारी श्रेष्ठको कुरामा शतप्रतिशत सहमत छन् ।

‘बैंकहरुले नाफाको दबावमा हुन्छन्, जसकारण कतिपय बैंकहरुले ऋणका फाइलको आवश्यक अध्ययन नगरी कर्जा प्रवाह गर्ने संभावना हुँदा बैंकिङ क्षेत्रमा जोखिम पनि थपिएको छ,’ अधिकारीले भने, ‘सस्तो ब्याजदरमै सहजै कर्जा पाउँदा कतिपय व्यवसायीहरुले हैसियतभन्दा बढी ऋण लिन्छन् । र, पछि तिर्न नसक्दा व्यवसायी र बैंक दुबै अफ्ठ्यारोमा पर्छन् ।’

कतिपय बैंकहरुले कमजोर शुसाशन भएका बैंकहरुबाट मौकाको फाइदा उठाएर जोखिम बढाउने भएकाले बैंकरहरु सचेत हुनुपर्ने उनको भनाइ छ ।

पूर्वबैंकरहरु पर्शुराम कुँवर र सुमन शर्मा पनि तरलता बढेसँगै बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाको गुणस्तरमा पनि जोखिम बढेको बताउँछन् ।

‘बैंकहरु रिस्क म्यानेजमेन्ट कमिटि स्वायत्त भएका बैंकहरुमा यस्तो जोखिम कम हुन्छ तर नेपालका कतिपय बैंकहरुमा रिस्क म्यानेजमेन्ट कमिटिमाथि सीइओ र उच्च व्यवस्थापन हावी भएको हुँदा यो जोखिम बढी हुनसक्ने संभावना देखिन्छ,’ क्षेत्रीले प्रष्ट पारे ।

यो जोखिमको न्यूनिकरण गर्न राष्ट्र बैंकले नियामकीय भुमिका बढाउनुपर्ने उनको भनाइ छ ।

‘ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने गुनासोहरु राष्ट्र बैंकमा आएपछि हामीले कर्जा प्रवाह व्यवस्थित होस् भनेर स्थिर ब्याजदर कायम गर्न निर्देशन दिइसकेका छौं,’ भट्टले भने ।

‘बैंकिङको लामो करियरमा हामीले यस्ता समस्याहरु देखे भोगेकै हौं, जब अधिक तरलता हुन्छ बैंकहरुलाई कर्जा बढाउन दबाव हुन्छ, दबावपूर्ण अवस्थामा दिइएका कर्जाको गुणस्तर कमजोर हुने खतरा पनि उत्तिकै हुन्छ,’ पूर्वबैंकर सुमन शर्मा भन्छन्, ‘बैंकहरु आक्रमकभन्दा संयमित भएर अघि बढेकै राम्रो ।’

सरकार र राष्ट्र बैंकले मुद्रा बजारको विकास गरेको भए बैंकहरुलाई कर्जा बढाउन त्यतिठूलो दबाव नपर्ने उनको भनाइ छ ।

‘हामीकहाँ अहिलेसम्म मुद्रा बजारको विकास हुन सकेको छैन, जसकारण तरलता बढी हुनेवित्तिकै कमशल कर्जा बढ्छ कि भनेर बढी चिन्ता लिनुपर्ने अवस्था आइहाल्छ,’ उनले भने ।

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार निषेधाज्ञाकैबीच भदौ महिनामा बैंकहरुले ३५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । जबकी भदौमा बैंकहरुले जम्मा ३७ अर्ब रुपैयाँले मात्रै निक्षेप बढाएका छन् ।

गत चैत मसान्तमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ हरेको निक्षेप असोज २ गतेसम्म आइपुग्दा बढेर ३५ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यो ६ महिनाको अवधिमा ३ खर्ब २७ अर्ब रुपैयाँले बढेको छ । गत चैत मसान्तमा २८ खर्ब ४५ अर्ब रुपैयाँ हरेको कर्जा असोज २ गतेसम्ममा ६८ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । त्यसैले पछिल्लो अहिले बैंकहरुलाई कर्जा बढाउन दबाव परेको छ ।

‘बैंकहरु रिस्क म्यानेजमेन्ट कमिटि स्वायत्त भएका बैंकहरुमा यस्तो जोखिम कम हुन्छ तर नेपालका कतिपय बैंकहरुमा रिस्क म्यानेजमेन्ट कमिटिमाथि सीइओ र उच्च व्यवस्थापन हावी भएको हुँदा यो जोखिम बढी हुनसक्ने संभावना देखिन्छ,’ क्षेत्रीले प्रष्ट पारे ।

मासिकरुपमा हेर्दा गत चैत महिनामा निक्षेप ५३ अर्बले र कर्जा ४० अर्ब रुपैयाँले बढेको छ भने बैशाखमा निक्षेप ४५ अर्ब रुपैयाँले बढेको र कर्जा १३ अर्ब रुपैयाँले घटेको छ ।

त्यसैगरी, जेठ महिनामा निक्षेप ७४ अर्बले बढेको छ भने कर्जा १२ अर्बले घटेको छ । असारमा निक्षेप १ खर्ब ७३ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३७ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अधिक तरलता बढेसँगै बैंकहरु एकअर्काको कर्जा खोसाखोस गर्न थालेकाले बैंकिङ प्रणालीमा केही जोखिम थपिएको बताउँछन् ।

‘कर्जा खोसाखोसका विषयमा धेरै गुनासाहरु आएपछि हामीले धेरैपटक बैंकर्स संघभित्र पनि छलफल गर्यौं । र, केही साथीहरुले राष्ट्र बैंकसम्म पनि गुनासो पुर्याउनु भयो,’ अध्यक्ष दाहालले भने, ‘यस्तो काम नगरौं भन्ने कुरा भएको छ । सायद अब साथीहरुले गर्नुहुन्न होला ।’

एक बैंकको कर्जा अर्को बैंकले खोस्दा ऋणीले उही धितोमा कर्जाकाो लिमिट बढाएर लाने हुँदा भविष्यमा त्यसले जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ ।

‘बैंकरजस्तो विद्धत वर्गले निश्चय पनि भविष्यमा आइपर्ने जोखिमको क्याल्नुलेशन गर्नुभएकै होला र आफ्नो व्यवस्थापन गर्नसक्ने क्षमताअनुसार मात्रै जोखिम बहन गर्नुभएको होला भन्ने मेरो बुझाइ छ,’ दाहालले भने ।

अधिक तरलताले निम्त्याउने जोखिम न्यूनकरण गर्न बैंकर्स संघले राष्ट्र बैंकसँग छलफल गरिरहेको पनि उनले सुनाए ।

‘राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढी हुँदा खिच्ने र कम हुँदा प्रसोचन गर्ने गरिदियो भने पनि यसबाट अलि कम जोखिम हुन्छ,’ उनले भने ।

बैंकिङ प्रणालीमा जोखिम कम होस् भनेर आफूहरुले विभिन्न कामहरु गरिरहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

‘ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने गुनासोहरु राष्ट्र बैंकमा आएपछि हामीले कर्जा प्रवाह व्यवस्थित होस् भनेर स्थिर ब्याजदर कायम गर्न निर्देशन दिइसकेका छौं,’ भट्टले भने, ‘विगतमा हामीले बैंकहरुलाई सहज होस् भनेर ६ प्रतिशतको सीआरआरलाई घटाएर ३ प्रतिशतमा पनि झारेकै हौं ।’

विकास निर्माणका कामले गति लिनेवित्तिकै वित्तीय प्रणालीको अधिक तरलता विस्तारै कम हुँदै जाने उनले बताए । बैंकिङ क्षेत्र र अर्थतन्त्रमा आउनसक्ने जोखिम न्यूनिकरण गर्न र समस्या सम्बोधन गर्न राष्ट्र बैंक सँधै तत्पर रहेको उनले जानकारी दिए ।


पुष्प दुलाल