
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा आफ्नो नयाँ र आधुनिक ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ ।
महिन्द्राको पिक-अप गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले यसलाई नेपालमा भित्र्याएको हो ।
यो पिक-अप नेपालकै पहिलो र एकमात्र २-टन भार क्षमता भएको गाडी हो । काठमाडौँको गैरीधारास्थित महिन्द्रा शोरुममा आयोजित एक कार्यक्रमका बीच यसको औपचारिक अनावरण गरिएको थियो । काठमाडौँका साथै वीरगन्ज, बुटवल र जनकपुरमा पनि सोही दिन यो गाडी सार्वजनिक गरिएको छ ।
भेरियन्ट र मूल्य:
कम्पनीले यसलाई दुईवटा भेरियन्टमा बजारमा ल्याएको छ- १. एचडी १.७ एलएक्स: यसको सुरुवाती मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
२. एचडी २.०एल एसएक्सआई: यसको सुरुवाती मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
मुख्य विशेषताहरू:
नयाँ बोलेरो म्याक्स पिक-अपमा महिन्द्राको शक्तिशाली ‘एमटुडीआई’ इन्जिन जडान गरिएको छ, जुन डिजेल र सीएनजी दुवै विकल्पमा उपलब्ध छ ।
यसको ‘एचडी २.० एल’ भेरियन्टमा ३०५० एमएम लामो कार्गो बेड र २ टनको भार क्षमता रहेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा उत्कृष्ट बनाउँछ। त्यस्तै, ‘एचडी १.७’ भेरियन्टमा २७६५ एमएमको कार्गो लम्बाइ र १.७ टनको भार क्षमता रहेको छ।
यस गाडीमा सुरक्षा र स्थायित्वका लागि ‘हाइ-स्ट्रेन्थ लो-एलोय’ पार्ट्सको प्रयोग गरिएको छ भने फराकिलो ‘ह्विल ट्र्याक’ले गाडीलाई थप सन्तुलन प्रदान गर्दछ।
महिन्द्रा एन्ड महिन्द्राका इन्टरनेसनल अपरेसन हेड सचिन अरोल्करले भने, ‘बोलेरो म्याक्स पिक-अपले आफ्नो क्षमता, सुरक्षा र कम सञ्चालन खर्चका कारण निकै लोकप्रियता कमाएको छ। हामीलाई विश्वास छ कि यसले नेपालको बढ्दो लजिस्टिक आवश्यकतालाई सफलतापूर्वक सम्बोधन गर्नेछ।’
त्यसैगरी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपाली सडक र भूगोलका लागि बोलेरो म्याक्स पिक-अप अत्यन्तै उपयुक्त रहेको र यसले नेपालको ‘स्मॉल कमर्सियल भेइकल’ क्षेत्रमा नयाँ आयाम थप्ने बताए।
कम्पनीले आगामी दिनमा भैरहवा, चितवन, हेटौँडा, विराटनगर, पोखरा, नेपालगन्ज र सुर्खेत लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा पनि यो गाडी उपलब्ध गराउने योजना बनाएको छ । निर्माण, कृषि र अन्तर-सहरी ढुवानीका लागि यो पिक-अप एउटा भरपर्दो विकल्प हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया