दशैं लक्षित हुन्डाईको ‘यसपालिको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक



काठमाडौं । हुन्डाई अटोमोबाइल नेपालको लागि आधिकारिब विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं लक्षित ‘यसपालिको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको जनाएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप एक लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आइटेन एनआईओस १ थान जित्न सक्नेछन् । यो योजनाको अवधि यहि असोज ५ देखी मंसिर ५ सम्मलागु हुने कम्पानीले जनाएको छ ।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमा पनि पाउनेछन् । कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप विशेष प्याकेज दिने निर्णय गरेको जनाएको छ ।

यसका साथै, कम्पनीले सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हने जनाएको छ ।

कम्पनीले नेपाल भरी १३ शोेरुमहरू, तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु