डिशहोमको दशैंमा डवल धमाका, प्रत्येक हप्ता २ जनाले १/१ लाख नगद पाउने



काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक अफर संचालन गरिरहेको छ ।  यसै अफर लाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलरदाईमार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक/एक लाख नगद उपहार यस अफरमार्फत् जित्न सक्नेछन् ।

साप्ताहिक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट-टप बक्सको सीएएक आइडीको आधारमा गरिने कम्पनीले जनाएको छ ।  हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नम्बर १०० र रमाइलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुनेछ ।

अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल