राष्ट्रपतिद्धारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्वाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिएको हो ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गते देखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी गरिएको छ ।


पुष्प दुलाल