चीनबाट १० हजार मेट्रिक टन मल ल्याइदैं




काठमाडौं । रासायनिक मलको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र होलिको मल्टिपल प्रालिले मल लयाउन नसकेपछि कृषि सामाग्री कम्पनी लिमिटेडले चीनबाट १० हजार मेट्रिक टन मल ल्याउने भएको छ ।

किसानमा मलको अभाव देखिएसँगै कम्पनीले पहिलोपटक चीनबाट मल ल्याउने भएको हो ।

कम्पनीका अनुसार चीनबाट ल्याउने भनिएको मल कुन विधिबाट ल्याउने भन्ने बारेमा केही खुलाइएको छैन ।

मल ल्याउनको लागि ठेक्का परेका दुई कम्पनीले मल नल्याउने भएपछि सरकारको कारबाहीमा परेका थिए ।

धरौटी बापत राखेको दुई वटै कम्पनीको ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ जमानत रकमजफत गर्ने निर्णय सरकारले गरेको थियो ।

कम्पनीले शुक्रबार ५ हजार मेट्रिक टन र बुधबार ६० हजार मेट्रिक टन मल ल्याउन ठेक्का आह्वान गरेको छ ।


पुष्प दुलाल