हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा, कति पर्छ मूल्य ?



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबभन्दा मनपर्ने र प्रशंसा गरिएको कारमध्ये एक भएको भन्दै कम्पनीले यसको विरासतलाई अगाडि बढाउन स्टाइलिस र थप विशेषतासहितको ग्रान्ड आई टेननियोस बजारमा ल्याएको जानकारी दिएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएस/६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पमा पाउन सकिने कम्पनीले बताएको छ । ग्राण्ड आई टेन नियोसले ५-स्पिड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समिसन उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्ल्याक रेडियटर ग्रिल्ले बुमरेञ्ज आकारको एलईडी डीआरएल, स्टाइलिस टेल ल्याम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमाआकर्षक १४ इञ्च एलोइ व्हील्स पाउन सकिन्छ ।
सडकमा फरक उपस्थितिका लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि भएको कम्पनीको दाबी छ । एप्पलकार प्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायीयात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
सुरक्षित यात्राका लागि भने हुन्डाईले नियोसमा स्ट्रङ बडी स्ट्रक्चर ६५ प्रतिशत, फ्रन्ट डुअल एयरब्याग्, सेन्सर भएको रियर पार्किङ क्यामरा, इबिडीका साथ एन्टि लक बार्किङ सिस्टम र ड्राइभ रियर मोनिटर प्रस्तुत गरेको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरी सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त छ । यो गाडीको सुरुवाती मूल्य ३० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले नेपालभर १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्ये एक हो ।


क्लिकमान्डु