ग्लोबल आईएमई समुन्नत योजना-१ ले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना-१ ले इकाइधनीहरुलाई ४ प्रतिशत लाभांश दिने भएको छ । त्यसको लागि बुक क्लोजको मिति पनि सार्वजनिक गरेको छ ।
योजनाले इकाइधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कर सहित ४ प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्न लागेको हो ।
यसको लागि असोज ९ गते शुक्रबार एक दिनको लागि इकाईधनीहरुको दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।