नयाँ नक्सासहितको १ र २ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले १ र २ रुपैयाँका नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्याउने भएको छ ।

नयाँ सिक्कामा नेपालको अध्यावधिक गरिएको नक्सा समावेश हुने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार केही समय अघि सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटी जारी गरेको नयाँ नक्सा सिक्कामा हुनेछ ।

यसका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति समेत दिएको छ ।


क्लिकमान्डु