सेयर बजारमा सामान्य करेक्सन, लगानीकर्ताको ध्यान जलविद्युत कम्पनीमा
काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिँदा कारोबार रकममा पनि गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ४.४७ अंकले घटेर १५३६.०३ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.५९ अंकले घटेर ३०४.६५ बिन्दुमा रोकिएको छ । १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ३, विकास बैंक १४.५५, निर्जीवन बीमा ३.२३, उत्पादन तथा प्रशोधन १२.४६, जीवन बीमा समूहको उपसूचक १७.३३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको ११ करोड १२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र नेको इन्स्योरेन्स रहेका छन् ।
दिव्यश्वरी हाईड्रोपावरको कारोबारमा सकारात्मक सर्किट लागेको छ । एनआरएन लघुवित्त वित्तीय संस्था, रिलायन्स लाईफ,खानीखोला हाईड्रोपावर, घलेम्दी हाईड्रोका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, राधी विद्युत कम्पनी, गोर्खाज फाइनान्स, जलविद्युत लगानी तथा विकास विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।