बिहीबार भएको सेयर कारोबारको सबै राफसाफ रोकियो



काठमाडौं । गत बिहीबार भएको सबै सेयर कारोबारको राफसाफ रोकिएको छ ।

सिडिएससीले सूचना जारी गर्दै गत बिहीबार भएको सबै सेयर कारोबारको राफासाफ रोकिएको जनाएको छ ।

सिडिएससीका अनुसार नेप्सेले बिहीबार भएको कारोबारको राफसाफ रोक्न निर्देशन दिएको छ ।

बिहीबारको कारोबार आज राफफास हुनुपर्ने भएपनि नेप्सेको निर्देशनपछि अर्को सू्चना जारी नभएसम्मका लागि राफसाफ तथा फर्छयौट हुनुपर्ने सेयरको राफासाफ रोकिएको छ ।

नेप्सेले दिएको निर्देशनमा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा प्राविधिक समस्या देखिएको जनाइएको छ ।

बिहीबार टिएमएसमा आएको समस्याका कारण ३ बजे रोकिने कारोबार ५ बजेसम्म भएको थियो ।


क्लिकमान्डु