टीएमएसमा समस्या देखिएपछि प्रधानमन्त्री कार्यालयले दियो अर्थलाई निर्देशन, छलफल हुँदै



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन (टीएमएस)मा दैनिक समस्या देखिएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।

दैनिक रुपमा अनलाइन प्रणालीमा समस्या आएपछि सेयर लगानीकर्ताले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस संयोजक सूर्य थापामार्फत उक्त समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

उक्त समस्याको बारेमा थाहा पाएपछि प्रम ओलीको कार्यालयले अर्थ सचिव शिशिर ढुंगानालाई समस्या समाधान गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयले आइतबार साँझ निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयबाटा निर्देशन आएपछि अर्थ सचिव ढुंगानाले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका अधिकारीलाई सोमबार ११ बजे छलफलको लागि बोलाएका छन् ।

छलफलमा उक्त समस्या तत्काल समाधान गर्न निर्देशन दिने बुझिएको छ ।


क्लिकमान्डु