अब बिद ल्याबमा २ हजारमै कोरोना परिक्षण



काठमाडडौं । कोरोना परिक्षण गर्ने निजी क्षेत्रको विद ल्याबले अब १ हजार ९९९ मा पिसिआर परिक्षण गर्ने भएको छ ।

पिसिआर परिक्षणको दायरा ढाउने सरकारको योजना अनुसार नै बिद ल्याबले परिक्षण शुल्क घटाएको होे ।

यसअघि ४ हजार रुपैयाँमा परिक्षण गर्दै आएको बिदले आगामी ३० दिनका लागि उक्त शुल्कमा कोरोना परिक्षण गर्ने भएको हो ।

विद ल्याबका प्रमुख विके भण्डारीका अनुसार सर्वसुलभ रुपमा सबैको परिक्षण गर्ने लक्ष्यका साथ शुुल्क घटाइएको हो ।

सबै नागरिकले सहज रुपमा कोरोना परिक्षण गर्न पाउन् भन्ने ध्येयका साथ परिक्षण शुल्क घटाइएको बिद ल्याबले जनाएको छ ।

सो ल्याबले एकै पटक ४ हजार २०० स्वाब परिक्षण गर्ने क्षमता राख्छ । यस्तै सरकराले सबै ल्याबलाई समेत २ हजार रुपैयाँमा नै परिक्षण गर्ने निर्णय गरेको छ ।


पुष्प दुलाल