सनराइज फस्ट म्युचुअल फन्डले इकाईधनीलाई लाभांश दिने



काठमाडौं । सनराइज फस्ट म्युचुअल फन्डले इकाईधनीहरुलाई लाभांश दिने भएको छ ।

फन्डले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ७ प्रतिशत नगद लाभांश दिने जनाएको छ । त्यसको लागि फन्डले ६ करोड २ लाख रुपैयाँ छुट्याएको छ ।

फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ भने यो फन्डलाई सनराइज बैंकले प्रवद्र्धन गरेको छ ।


क्लिकमान्डु