नयाँ हुण्डाई अउरा सार्वजनिक, मूल्य ३४ लाख



काठमाडौं । नेपालका लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई अउरा नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ हुण्डाई अउराको अनावरण कार्यक्रममा कम्पनीका जीएम रुपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको उल्लेख गर्दै हुण्डाई अउरा एक स्टाइलिस, विलासी र आरामदायी सवारी साधन हुने बताए ।

कम्पनीले गाडीको डिजाईनलाई एक उत्कृष्ट नमूना दाबी गरेको छ । गाडीको अग्रभागले युनिक ट्विन बुमरेञ्ज डेटाइम रनिङ लाइट– डीआरएलका साथै प्रिमियम स्टिन फ्रन्ट ग्रीलका साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले समेत छ ।

कम्पनीले अउरामा हुन्डाईको उत्कृष्ट १।२ लिटर कपा ड्यूल भीटीभीटी पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क प्रदान गर्ने छ ।

हुन्डाईको हाई स्ट्रेन्थ स्टील प्रयोग गरेर बनाईको अउराको बडी निकै बलियो रहेको छ । सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ क्यामेरा, इमर्जेन्सि स्टप सिंगनल जस्ता फिचर उपलब्ध रहेका छन् ।

हुन्डाई अउरा एस भेरियन्ट विभिन्न ४ वटा रंगमा उपलब्ध छ भने बजार मूल्य ३३ लाख ९६ हजार रूपैयाँ छ ।


क्लिकमान्डु