रिलायन्स लाइफको सेयर नेप्सेमा सूचिकृत, कतिपायो ओपन रेञ्ज ?



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

इन्स्योरेन्सको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
इन्स्योरेन्सको कारोबार भोली मंगलबारदेखि हुने भएको छ ।

यसको कारोबार संकेत आरएलआई रहेको छ । उक्त इन्स्योरेन्सको सेयर कारोबारको लागि प्रति कित्ता १०७ रुपैयाँ ५९ पैसा देखि ३२२ रुपैयाँ ७७ पैसा ओपन रेञ्ज पाएको छ ।


क्लिकमान्डु