लिवर्टी ईनर्जीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीको सेयर सम्बन्धि सबै काम गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको छ ।
सम्झौतामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम क्यापिटलले गर्ने भएको छ ।