गुँरास लाइफ इन्स्योरेन्सले घटायो लाभांश, अब कति ?
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले सेयर लगानीकर्ताले दिने भनेको लाभांशको दरमा परिवर्तन गरेको छ ।
इन्स्योरेन्सले यस अघि आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट १३.१०१५ प्रतिशत लाभांश दिने भने पनि अहिले त्यसलाई घटाएको छ । इन्स्योरेन्सले पहिला प्रस्ताव गरेको लाभांशबाट घटाएर १०.५० प्रतिशत मात्रै दिने भएको छ ।
कम्पनीको २०७६ कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको १५४ औं बैठकले आव २०७४/०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०१५ ले हुन आउने १२ करोड २९ लाख ६० हजार रुपैयाँ बोनसको लागि छुट्याएको थियो ।
बीमा समितिले उक्त आवको वित्तीय विवरण परिमार्जन गरेपछि लाभांश कम भएको इन्स्योरेन्सले जनाएको छ ।
इन्स्योरेन्सको १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट १०.५० प्रतिशत बोनस र त्यसमा कर तिर्न लाग्ने नगद लाभांश दिने जानकारी गराएको छ ।