लामो र छोटो दुरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले लामो र छोटो दुरीका सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भदौ मसान्तदेखि मात्र लामो र छोटो दुरीको सवारी साधन चलाउने निर्णय गरेको हो ।

अहिले केन्द्र सरकारले घोषणा गरेको लकडाउन छैन । तर,सीडीओ कार्यालयले जारी गरेको निषेधाज्ञा देशका अधिकांश जिल्लामा छ । जसबाट सबै क्षेत्र बन्द छ । यसअघि असार मसान्तदेखि छोटोदुरीको सवारीसाधन चलेपनि भदौदेखि जारी भएको निषेधाज्ञाले अहिले सबै उद्योग व्यवसाय बन्द छ ।

बुधबारदेखि सत्रसहित अन्र्तराष्ट्रिय उडान भने सुरु हुने छ ।


क्लिकमान्डु