क्वारेन्टिनका लागि होटलको सूची तयार, दैनिक १५ सयदेखि १० हजारसम्म लाग्ने



काठमाडौं । सरकारले विदेशबाट फर्कने व्यक्तिहरुका लागि क्वारेन्टिनमा बस्नका लागि होटलहरुको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटलहरुको सूची सार्वजनिक गरेको हो ।

अब विदेशबाट फर्कने व्यक्तिहरुले पहिले नै आफू कुन होटलमा बस्नुपर्ने हो निर्णय गर्नुपर्ने छ । नेपाल आइसकेपछि कम्तीमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । सरकारले यसअघि पनि यस्तो सूची सार्वजनिक गरेको थियो ।

सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका मुलुकबाट यात्रु ल्याउने निर्णय गरेको छ । जस अनुसार भदौ १६ गतेदेखि सीमित संख्यामा भए पनि नियमित उडान हुनेछ ।

यसरी होटलमा बस्दा होटल अनुसार दैंनिक १५ सय रूपैयाँदेखि १० हजार रूपैयाँसम्म खर्च लाग्नेछ ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नु्हाेस

 


क्लिकमान्डु