सबै प्रकारका भिसा सम्बन्धि सेवा बन्द गर्ने अध्यागमन विभागको निर्णय



काठमाडौं । अध्यागमन विभागले सबै प्रकारका भिसा सम्बन्धि सेवा बन्द गर्ने निर्णय गरेको छ ।

विभागले सोमबार जारी गरेको सूचनामा सरकारको निर्णय अनुसार सबै प्रकारका भिसा बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेको छ । जसअनुसार विभागले यसअघि अनलाइन, भर्चुअल र इलेक्ट्रिक सेवा समेत उपलब्ध नहुने स्पष्ट पारेको छ ।

विभागका अनुसार विदेशी नागरिकको हकमा मार्च २१ सम्म भिसा अवधि भएका र आफ्नो देश फर्कन नपाएका हरुको हकमा अन्तर्राष्ट्रिय उडान खुला नहुँदासम्म भिसा शुल्क नलिने निर्णय गरेको छ । यसमा भिसा शुल्क, जरिवाना र विलम्ब शुल्क लाग्ने छैन ।

साथै, १५ अगष्टदेखि डिसेम्बर १५ सम्म भने साधारण भिसा शुल्क लाग्नेछ ।


क्लिकमान्डु