अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सीसीएमसीको निर्देशन



काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएसी)को निर्देशनमा सम्पूर्ण उद्दारका उडानहरु रद्द भएका छन् ।

सरकारले ५औं चरणको उद्दार उडान शुरु गरेसँगै सीसीएमसीले अर्को निर्णय नभएसम्मका लागि उद्दार उडान रद्द गरेको हो ।

नेपाल एयरलाइन्सका अनुसार सोमबार रातिका लागि तय भएको काठमाडौं- दुबईको उडान भने यथावत नै रहनेछ ।

सीसीएमसीले विदेशस्थित दुतावासलाई समेत पत्राचार गरिसकेको छ ।

पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै  उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको हो ।


क्लिकमान्डु