कोरोनाविरुद्ध लड्न सरकारलाई नविल बैंकको साथ, बैंकहरुमध्ये सबैभन्दा धेरै ६ करोड सहयोग



काठमाडौं । नबिल बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको छ । वाणिज्य बैंकहरुमा यो अहिलेसम्मकै ठूलो रकम हो । सरकारले कोभिड १९ नियन्त्रणका लागि बनाएको कोषमा नबिल बैंकले सो सहयोग रकम हस्तान्तरण गरेको हो ।

नबिल बैंकका संचालक निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत अनिल शाहले उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे । नबिल बैंक निजी क्षेत्रका बैंकहरमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा पर्छ ।

उक्त समारोहमा सीइओ शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान भएको बताए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरी आफ्नो ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो । र, यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको उनको भनाइ थियो ।


क्लिकमान्डु