कोरोना सर्ने भयमा बैंक तथा वित्तीय संस्थालाई नगद कारोबार बन्द गर्न निर्देशन
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद कारोबारमा बन्द गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन शुरु भएको भन्दै नगर कार्यालय पालिकले नगद कारोबार सेवा बन्द गर्न निर्देशन दिएको हो ।
आइतबार प्रदेश नम्बर ५ को तिलोत्तमा नगरपालिका माणिग्राम, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले उक्त निर्देशन जारी गरेका छन् ।
जारी निर्देशनमा साउन ३२ गतेदेखि भदौ १० गतेसम्म सो नगरपालिका भित्रका सबै बैंक तथा वित्तीय र सहकारीहरुले नगद कारोबार बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।