भदौ मसान्तसम्म हवाई उडान र लामो दूरीका यातायात नचल्ने



काठमाडौं । सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायात र हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले भदौ  मसान्तसम्म आन्तरिक र बाह्य हवाई उडान नखोल्ने र लामो दूरीका यातायात नखोल्ने निर्णय गर्दै मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको थियो ।

यसअघि भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान, लामो दूरीका यातायात र विद्यालय भर्ना खोल्ने निर्णय गरेको थियो ।

त्यसैगरी बैठकले २० नाकामध्ये १० वटाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको छ ।


क्लिकमान्डु