एक जना कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सबै सेवा स्थगित



काठमाडौं । अध्यागमन विभागमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पोजिटिभ भएसँगै सबै सेवा स्थगित गरिएको छ ।

विभागका अनुसार गत शुक्रबार ५७ जना कर्मचारीमा गरिएको परीक्षणमा १ जना कर्मचारीमा पोजिटिभ देखिएको हो । विभागका महानिर्देशक रमेश केसीका अनुसार आकस्मिक बाहेकका सबै सेवा तत्कालका लागि बन्द गरिएको छ ।

एक महिना अघि तराईबाट आएका ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई अहिले आइसोलेसनमा राखिएको छ भने थप ट्रेसिङको काम भइरहेको छ ।


क्लिकमान्डु