एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण, मुख्य कार्यालयमा सिल

क्लिकमान्डु २०७७ साउन २६ गते ११:०२ मा प्रकाशित

काठमाडौं । एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बैंक स्रोतका अनुसार बैंकको मुख्य कार्यालय लाजिम्पाटका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कर्मचारीमा कोरोना देखिएसँगै मुख्य कार्यालयमा सिल गरिएको बैंक स्रोतको भनाइ छ ।

मुख्य कार्यालयका सबै कर्मचारीलाई होम आईसोलेसनमा दुई दिनको लागि राखिएको छ ।

कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालयमा डिसइन्फेक्सन गरिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स