अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई उडान भदौ १५ गतेदेखि खोल्ने सीसीएमसीको प्रस्ताव



काठमाडौं । कोरोना संकट व्यवस्थापन  केन्द्र (सीसीएमसी) ले अन्तर जिल्ला सार्वजनिक यातायात र आन्तरिक र बाह्य हवाई उडान  भदौ १५ गतेदेखि मात्रै खुलाउने प्रस्ताव गरेको छ ।

काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा कोरोन संक्रमितको संख्या र जोखिम बढेसँगै सीसीएमसीले ती सेवा सञ्चालनको अवधि १५ दिन पर सार्ने प्रस्ताव गरेको हो ।

सीसीएमसीको आइतबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्ताव भोलि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्न सक्नेछ ।

यसअघि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र हवाई उडान खोल्ने सरकारले निर्णय गरेको थियो ।

गत बिहीबार सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले नै अति उदार भएक यी क्षेत्र खोल्ने परिस्थिति नभएको स्पष्ट पारेका थिए ।


क्लिकमान्डु