एयर इन्डियाको १९१ यात्रु सवार विमान दुर्घटना



दुबईबाट भारतको केरल आएको एयर इन्डियाको विमान बोइङ-७३७ अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार केरलको कालिकट बिमानस्थलमा अवतरण गर्ने क्रममा १९१ यात्रु सवार विमान दुर्घटनामा परेको हो । वर्षाका कारण विमान चिप्लिएको हुनसक्ने जनाइएको छ ।

विमान ३० मिटर गहिरो खाल्डोमा पुगेको छ । विमानको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । तर विमानमा आगो भने लागेको छैन ।

भारतीय समय अनुसार साँझ ७:३८ बजे विमान दुर्घटनामा परेको हो । विमान अवतरण हुँदा भिजिविलिटी २००० मिटर थियो । -एजेन्सी


क्लिकमान्डु