विध ल्यावमा पीसीआर परीक्षण गर्दा अनलाइन भुक्तानी गरे २०० छुट
काठमाडौं । सरकारले तोकेभन्दा कम मूल्यमा कोरोना भाइरसको पीसीआर परीक्षण गरिरहेको ‘बिध ल्याव’ले अनलाइनबाट भुक्तानी गर्नेलाई थप २ सय रुपैयाँ छुट दिने भएको छ ।
ल्यावका अनुसार अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थिति हुनु नपर्ने भन्दै इ–सेवा वा खल्तीमध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ बिध ल्यावका सञ्चालक भीमकान्त भण्डारीले भने, ‘यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ ।’
उनका अनुसार यी माध्यमबाट रकम भुत्तानी गर्दा सेवाग्राहीले थप २०० क्यास ब्याग पाउनेछन् ।
पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए ।
विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययनअनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ ।
पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ ।
पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।
कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याव’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ ।
अब अनलाइनबाट रकम भुक्तानी गर्दा मात्र ३ हजार ८०० परीक्षण गर्न पाउनेछन् भने स्वाव समेत विध ल्यावले संकलन गरेमा ४३०० तिरे पुग्नेछ ।
ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ ।
‘परीक्षण गरेको ४ घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारीले भने, ‘ल्यावले एकदिनमा ४२ सय वटा सम्म पीसीआर परीक्षण गर्ने क्षमता राख्छ ।’
बिध ल्याव ललितपुरको कुपण्डोलमा सञ्चालित छ । कम्पनीलाई सरकारले साउन १३ गतेदेखि कोभिड ल्याव सञ्चालनका लागि अनुमति दिएको थियो ।