उपत्यकाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, संस्था दर्ताको काम १५ दिन बन्द



काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्क बाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

साथै अबको दुई साता नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नविकरण, संस्था दर्ता / पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण लगायतका कार्य बन्द गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आइतबार (२५ गते) देखि भदौ ८ गतेसम्म उक्त सेवा स्थगित हुने निर्णय गरेका हुन् ।

यो अवधिमा शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जानकारी दिएको छ ।


क्लिकमान्डु